महाराजगंजमा अस्पताल बन्ने भएपछि स्थानीवासी हर्षित

२०७८ पुष ११ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शैयाको अस्पताल भवन निर्माणको तयारी सुरु गरेको छ । पालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक अस्पताल भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए ।

मुसलमानले तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले भने निर्माण हुने अस्पतालमा इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास रहने छन् ।

नगरपालिकाले भवन निर्माणका लागि टेन्डर प्रक्रिया सुरु गरेको छ । संघीय सरकारको सहयोगमा बन्ने भवनलाई दुई वर्ष भित्र सम्पन्न गराउने लक्ष्य लिएको छ । महाराजगंजमा अस्पताल बन्ने भएपछि स्थानीवासी हर्षित भएका छन् ।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal