लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा नवलपरासीलाई कपिलवस्तुले १० रनले हरायो
भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा कपिलवस्तुले पश्चिम नवलपरासीलाई १० रनले पराजित गरेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले निर्धारित ४० ओभरमा ३४ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १३ रन बनायो । जसमा, करण विकले अविजित २५ र दिलशाद अलीले १२ रन बनाए ।
बलिङमा कपिलवस्तुका शिवकुमार मौर्य र राज अग्रहरीले ३–३ विकेट लिए । जवाफमा कपिलवस्तुले ३५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमै समेटियो । उसका लागि आकाश त्रिपाठीले २७ र शिवकुमार मौर्यले २० रन जोडे । बलिङमा नवलपरासीका जितेन्द्र शाहनी र विजय लोहारले ३–३ तथा इकलाख अहम्मद र करण विकले २–२ विकेट लिए । करण विक म्यान अफ द म्याच भए ।
आइतबार बर्दिया र कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । पुस २१ सम्म सञ्चालन हुने छनोट खेलमा ७ जिल्ला सहभागी छन् ।