अनेरास्ववियु मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालय कमिटी गठन
२०७८ पुष १० गते, शनिबार
दिपक भुसाल, केरुङ्गा अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा अवस्थित मथुरा एग्रोफोरेस्ट्री बहुप्राविधिक शिक्षालयमा अनेरास्ववियुको संगठन विस्तार तथा सदस्यता वितरण अभियान अन्तर्गत नवराज वेल्वासेको अध्यक्षतामा ३१ सदस्य कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा गोविन्द भण्डारी, सचिवमा प्रकाश भुसाल, सहसचिवमा श्रृजना पुन मगर र राजु पुन मगर रहनु भएको छ ।
उक्त कार्यक्रममा केन्द्रिय सचिबालय सदस्य तथा जिल्ला इन्चार्ज प्रदिप नेपाली र नगर युवा सघ सचिब बिनोद बस्नेतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो।
नेकपा (एमाले) स न पा ५ का उपध्यक्ष सुरेन्द्र अधिकारीको पनि उपस्थित रहेको थियो ।
115 Views