एसएसपी यादवको अन्त्येष्टि पवित्र धाम त्रिवेणीमा
भैरहवा । एसएसपी सुशील कुमार यादवको अन्त्येष्टि पवित्र धाम त्रिवेणीमा हुदैछ । यादवको पैत्रिक घर पश्चिम् नवलपरासी रामग्राम नगरपालिका ५ बाट शवयात्रा गरि उनलाइ त्रिवेणीमा पुर्याइएको छ ।
यादवको अन्तिम यात्रामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारी लगायत उच्च सुरक्षा अधिकारीका साथै नगरवासी एवम आफन्तको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जनाए । शुक्रबार आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेका संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख समेत रहेका यादवको अबेर राती भैरहवा स्थित भिम अस्प्तालमा शव परिक्षण गरिएको थियो ।
दिउसै जानकारी भए पनि यादवको श्रीमती रुपम कुमारी यादव करिब ६ बजे मात्र आइ पुगे पछी घटनास्थलको मुचुल्का गरिएको थियो । सबै प्रकृया पुर्याएर करिब ९ बजे शवलाइ पोस्टमार्टमको लागि भिम अस्पताल पुर्याइएकोमा रातिनै उनको पोस्टमार्टम भएको छ ।
घटनास्थलमा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारी लगायत सुरक्षा निकायमा उच्च अधिकारीहरु पुगेका थिए ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ इमलीटोल निवासी मृतक यादवका श्रीमती र एक छोरा रहेका छन ।