कपिलवस्तुमा यातायात कार्यालय सेवा आउने भएपछि, अब कर तिर्नका लागि बुटवल र भैरहवा जानु नपर्ने
कपिलवस्तु । धेरै लामो समयको पखाईपछि कपिलवस्तुमा यातायात व्यवस्थापन कार्यालय सेवा आउने भएपछि कपिलवस्तुबासीहरुमा खुशी छाएको छ।
कपिलवस्तुबासीहरुले गाढीको कर तिर्नका लागि बुटवल र भैरहवा जाने बाध्य भएका थिए । कपिलवस्तु नगरपालिका वडा नं- ३ रामघाट स्थलमा कार्यालय संचालन हुने भएको छ।
प्रदेश सरकारले कपिलवस्तु र नवलपरासीमा यसै आर्थिक बर्ष भित्र यातायात सेवा कार्यालय स्थापना गर्नै निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले निर्णय गरेको अनुसार कार्यालय स्थापनाका लागि घर र जग्गा हेर्नै श्रम रोजगार तथा यातायात मन्त्री पुरमति ढंगे मगर , मन्त्रालयका सचिव दिपकराज नेपाली, कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय , कपिलवस्तु नगरपालिका नगर प्रमुख किरन सिंङ र उधोग बाणिज्य संघका अध्यक्ष गायादिन कुर्मी लगायतले रामघाट क्षेत्रको स्थलगत निरीक्षण गरेको थिए ।
कपिलवस्तु र नवालपरासी २ वटा जिल्लामा यातायात कार्यालय शाखा खोल्नाको लागि अनुगमन टोलीले कपिलवस्तुको लागि रामघाट पर्याप्त जग्गा भएकोले राजनीतिक दलसँग छलफल गरेर चाडै यातायात कार्यालय स्थापना गरने भएको प्रदशको श्रम रोजगार तथा यातायात मन्त्री पुरमति ढंगे मगर बताईन ।
कपिलवस्तु र नवलपरासीमा यातायात कार्यालय सेवा राख्ने प्रदेश सरकार सँग निर्णय भई सकेको छ । कपिलवस्तु नगरपालिका वडा नंं। ३ रामघाटको लागि जग्ग उपयुक्त भएकोले बैंकहरुको काउन्टर राख्ने उपयुक्त ठाँउभएकोले चाडै हामी कार्यालय स्थापना गर्ने प्रदेश मन्त्रीका सचिव दिपकराज नेपालीले बताए ।
कार्यालयमा ५ वटा सेवा दिने सवारी साधनको ब्लुबुक नवीकरण , कर तिर्ने काम , रुट परमटि , पटके र जाचपास सेवा प्रदान गरिने प्रदेश मन्त्रीका सचिव नेपालीले बताए ।
कपिलवस्तुबासीहरुले कर तिर्नका लागि बुटवल र भैरहवा जाने अन्त भएको कपिलबस्तु नगरपालिका नगर प्रमुख किरन सिंङले बताउनुभयो । कपिलवस्तुमा कर सेवा र कर कार्यालय आएपछि हामी धेरै खुसी भएको उधोग वाणिज्य संघका अध्यक्ष गायादिन कुर्मीले बताए ।