देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित

२०७८ पुष १० गते, शनिबार

काठमाण्डाै । देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको  ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फलेलगायतका हिमाली क्षेत्रमा  हिजोदेखि नै हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमै हिउँ पर्न थालेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । बस्तीमै हिमपात भएपछि चिसोका कारण घर बाहिर निस्कन समस्या भएको छ । पशुचौपायालाई पनि चरनमा समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal