भारतको उत्तर र मध्य प्रदेशमा राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्यू
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो ।
यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । कर्फ्यू अवधिभर विवाह र सामाजिक कार्यमा २ सय जनालाई मात्र सहभागी हुन अनुमति दिइएको छ ।
सामाजिक जमघटमा कोभिड सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्नुपर्नेछ । यसअघि विहिबार मध्यप्रदेशमा पनि रात्रीकालिन कर्फ्यू घोषणा गरिएको थियो ।
कोभिडको कारण जनाउदै राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू लगाइएको मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले बताउनुभयो ।
मध्य प्रदेशमा अहिलेसम्म ओमिक्रोनका बिरामी भेटिएका छैनन् । भारतमा अहिलेसम्म २३६ जनामा ओमिक्रोन भेरियन्ट देखिएका छन् ।