बाणगंगा टोल विकास संस्थाको अध्यक्षमा पुन अर्याल चयन

२०७८ पुष ९ गते, शुक्रबार

कपिलबस्तु । बाणगंगा टोल विकास संस्थाको दोस्रो टोल भेला सम्पन्न भएको छ । भेलाले तुल्सी प्रसाद अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कर्ण बहादुर लामा, सचिवमा शान्ता विक्रम पौडेल, कोषाध्यक्षमा सुसिला खनाल चयन हुनुभएको छ । कार्यक्रमा आम्दानी खर्च विवरण र प्रगति प्रतिवेदन सचिव शान्ताविक्रम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

यस्तै भेलाले मधु अर्यालको अध्यक्षतामा ३ जनाको अनुगमन समिति गठन गरेको छ । जसको सदस्यमा ऋषिराम पोख्रेल र कासिराम घिमिरे रहनुभएको छ ।

कार्यक्रममा ५० जना जेष्ठ नागरिलाई दोसोल्ला ओढाई सम्मान समेत गरिएको छ । कार्यक्रम तुल्मी प्रसाद अर्यालको अध्यक्ष तथा वडाध्यक्ष गुणानिधि भूसाललको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो

135 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal