एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

२०७८ पुष ९ गते, शुक्रबार

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् । 

छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् ।

खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । याेसँगै पहिलाे खेल एक–एक गाेलकाे बराबरीमा सकियाे ।

दाेस्राे हाफकाे ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले व्यक्तिगत दाेस्राे गाेल गर्दै टिमलाई अग्रता दिलाए । फेरि खेलकाे ६० औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी मिसाेकी इटिग्ने ओलुमाेउले गाेल गर्दै टिमकाे अग्रता बढाए । तर खेलकाे ६५ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गाेल गर्दै टिम खेलमा फर्किएकाे सङ्केत देखाए । फेरि ६९ औँ मिनेटमा एपीएफका नवीन लामाले गाेल गर्दै खेल बराबरीमा ल्याए ।    

आजकाे बराबरीसँगै एनआरटी ६ खेलमा सात अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेकाे छ । उति नै खेल खेलेकाे एपीएफ पाँच अङ्कसहित एघाराैँ स्थानमा छ । 

89 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal