वर्तमान सरकारले तत्काल तीनै तहकाे चुनाव गरी देशलाई निकास दिनुपर्छ : अध्यक्ष ओली
२०७८ पुष ८ गते, बिहीबार
पर्सा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको चुनाव घोषणा गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आज बिहीवार जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको चुनाव गरी देशलाई निकास दिनुपर्ने औल्याउनुभयो ।
उहाँले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र देशको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक सुरक्षादेखि नागरिककाे जीवनस्तर उकास्नका लागि नेकपा एमालेले विगतमा विभिन्न कार्य गरेको दाबी गर्नुभयो ।
81 Views