भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले प्रभावकारी काम गर्यो: गृहमन्त्री खाण
काठमाण्डाै । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ०७२ को भूकम्पबाट क्षति भएका संरचना पुनर्निमाणमा प्रभावकारी काम गरेको बताएका छन्।
सिंहदरबारमा बिहीबार आयोजित राष्ट्रिय पुनर्निमाण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन कार्यक्रममा खाणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको बताए।
भूकम्पले क्षति पुर्याएका पुरातात्विक महत्वका संरचनाको निर्माण जटिल र चुनौतिपूर्ण भए पनि प्राधिकरणले प्रभावकारी काम गरेको उनको भनाइ छ।
मन्त्रालय मातहतको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अब पुनर्निमाण प्राधिकरणले गरेका कामको प्राविधिक र प्रशासनिक काम टुंग्याउने पनि उनले बताए।
पुनर्निमाण प्राधिकरणले ०७२ पुस १० गते काम सुरु गरेको थियो।
प्राधिकरणले आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ।