९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता: मन्त्री रेग्मी

२०७८ पुष ८ गते, बिहीबार

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गरिने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री रेग्मीले ९० वर्ष माथि पुगेका जेष्ठ नागरिक शारिरिक रुपमा अशक्त हुने भन्दै बैंकसँग समन्वय गरी घरमै भत्ता पुर्‍याउने व्यवस्था गरिने बताउनुभयो ।
रातो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले पाउने भत्ता पनि घरमै पुर्‍याउने उहाँको भनाई छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकको समस्या समाधानका निम्ति मन्त्रालयले नीतिगत रुपमा काम गरिरहेको उहाँको भनाई छ ।

98 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal