प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम अन्तिम चारमा सुरक्षित

२०७८ पुष ८ गते, बिहीबार

बैतडी । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा सुरक्षित भएको छ ।

बिहीबार सम्पन्न खेलमा प्रदेश २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ४४ रनको लक्ष्य पन्छाएको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र ५६ रन जोड्न सक्यो । उसका साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन् । सुदुरपश्चिमका लागि कविता जोशी, लक्ष्मी साउँदले समान २÷२ र इश्वरी विष्टले १ विकेट लिइन ।

त्यसअघि फाप्ला खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४३ रन बनाएको थियो । जसमा बिन्दु रावलले नटआउट अर्धशतकीय पारी खेल्दै ५० रन जोडिन् । त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३/१३ रन बनाइन् । प्रदेश २ का लागि विमला मगरले २,साना प्रविन, अनुराधा चौधरीले एक/एक विकेट लिइन्। सुदूरपश्चिमकी विन्दु रावल ओम्यान अफ द म्याच भइन ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन भएको प्रतियोगिता पुस ११ गते सकिने छ ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरि खेलाएको छ ।

89 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal