६० दिनभित्र लेखापरीक्षण गराउन राजनीतिक दललाई आयोगको निर्देशन

२०७८ पुष ८ गते, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई लेखापरीक्षण समयमै गराउन निर्देशन दिएको छ ।

आयोगले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले ६० दिनभित्र सम्पत्ति विवरण दलको केन्द्रीय कार्यालयमा पेस गर्न र उक्त अभिलेख केन्द्रीय कार्यालयमा राख्न तथा त्यसको जानकारी गराउन पनि निर्देशन दिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५३ को उफदफा १ मा पदाधिकारी र केन्द्रीय सदस्यले निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सम्पति विवरण पेस नगरेमा १० हजार रुपैयाँ जरिवाना गर्न सक्ने समेत व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले दलहरुलाई निर्देशन दिएको हो ।

90 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal