भारतमा अदालतभित्र बिस्फोट हुँदा २ को मृत्यु, चार घाइते
२०७८ पुष ८ गते, बिहीबार
काठमाडौं। भारतीय राज्य पञ्जाबको लुधियानास्थित एक अदालतमा बिहीबार दिउँसो बिस्फोट भएको छ।
लुधियाना अदालतको दोस्रो तलाको वासरूममा भएको बिस्फोटमा परी २ जनाको मृत्यु भएको र चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।
बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ।
लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो। त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्।
बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।
142 Views