नरसंहारको सम्झनामा हङकङमा स्थापना गरिएको मूर्ति हटाइयो
२०७८ पुष ८ गते, बिहीबार
काठमाण्डाै । चीनको बेइजिङ तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको एउटा प्रख्यात मूर्ति हटाइएको छ ।
आठ फिट अग्लो तामाको प्रतिमा हटाउनका लागि प्लास्टिकले छोपेर कामदारहरू खटिएका थिए । ‘द पिलर अफ सेम’ भनिने मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा शवको थुप्रो देखाइएको छ ।
विश्वविद्यालयले गएको अक्टोबरमा यो मूर्ति हटाउन निर्देशन दिएको थियो । डेनमार्कका मूर्तिकारले बनाएको नरसंहारको प्रतिमा २४ वर्षदेखि राखिएको थियो । हटाइएको मूर्ति विश्वविद्यालयले आफ्नो गोदाममा राख्ने जनाएको छ ।
सन् १९८९ मा बेइजिङको तिआनानमेन स्क्वायरमा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीको हत्या गरेका थिए ।
55 Views