एमसीसी पास गरि गठबन्धन चुनावसम्मै कायम रहन्छ: प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने संकेत गरेका गर्नुभएको छ ।
जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६)मा भाग लिएर आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’
सम्मेलनको क्रममा धेरै देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग विभिन्न विषयमा कुराकानी गरेको बताउँदै उहांले नेपालप्रति छिमेकी भारतको सदभाव देखिएको जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहनुभएन । पत्रकार सम्मेलनको सुरुमै देउवाले कोप–२६ सम्मेलनबाहेकका अरु प्रश्न नसोध्न आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताउनुभयो । एमसीसी ऋण नभई अनुदान भएकाले यसलाई प्रक्रिया पूरा गरेर अगाडि बढाउने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना ९एमसीसी० लाई नआत्तिन आग्रह गरेको जानकारी गराउनुभयो ।