विष्फोटक पदार्थ पटाकासहित ३ जना पक्राउ
२०७८ कार्तिक १८ गते, बिहीबार
जनकपुरधाम । प्रतिबन्धित विस्फोटक पदार्थ (पटाका) सहित बाराको फेटा गाउँपालिका-३ बाट तीन जना पक्राउ परेका छन् ।
भारतबाट पटाका नेपाल भित्र्याउने क्रममा प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ का ३४ वर्षीय बुद्ध लोप्चन, सोही ठाउँका ३२ वर्षीय राजकुमार लोप्चन र २५ वर्षीय बुद्ध लोप्चन पक्राउ परेका हुन् ।
ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकलमा उनीहरुले नेपाल भित्र्याउन लागेको किङ कोबरा ११ बण्डल र इलेक्ट्रिक स्पार्कलर्स ५० प्याकेट विस्फोटक पदार्थ (पटाका) बरामद भएको प्रहरीले जनाएको छ ।
तीनै जनामाथि जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडी बढाएको छ ।
107 Views