देउवाको भारत भ्रमण भन्दा पहिला मोदी नेपाल आउने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल भ्रमण गर्ने भएका छन् । कोप-२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
नोभेम्बर २ मा देउवा र मोदीबीच कोप-२६ साइडलाइनमा द्विपक्षीय भेटवार्ता भएको थियो । ‘पशुपति र मुक्तिनाथ दर्शनका लागि मैले उहाँलाई नेपालमा बोलाएको छु । उहाँले आउँछु भन्नुभएको छ’ देउवाले भने ।
तर, मोदी आउने यकिन मिति भने निश्चित नभएको तर, परराष्ट्र मन्त्रालयले द्धिपक्षीय अनुकूलताका आधारमा तय गर्ने देउवाले बताए ।
मोदीले पनि देउवालाई भारत भ्रमणको निम्तो दिएका छन् । ‘उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो’ उनले भने । मोदीसँगको भेटमा देउवाले ग्लास्गोमा रासायनिक मलको आपूर्ति तथा दुईवटा हवाइ रुटको अनुमति दिन आग्रह गरेका थिए ।