मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको मृत्यु

२०७८ कार्तिक १८ गते, बिहीबार

डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको मृत्यु भएको छ ।

दिपायलबाट डडेल्धुरा जाँदै गरेको लु ६५ प १५२० नम्बरको मोटरसाइकलले केआईसिंह राजमार्गमा ठक्कर दिँदा शिखर नगरपालिका–७ सेटीगाउँकी ६५ वर्षीया कृष्णादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मोटरसाइकलको ठक्करबाट बुधबार घाइते भएकी उनलाई थप उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने चालक दिपायल सिलगढी नगरपालिका–२ पुन्यपाटाका २५ वर्षीय ध्रुव कडायत र मोटरसाइकललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

96 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal