दाङमा राति ९ बजेसम्म मात्रै देउसी खेल्न पाईने

२०७८ कार्तिक १७ गते, बुधबार

बिरेन्द्र गिरी, दाङ । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारका बेला दाङमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आज एक सुचना जारी गर्दै कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पुणर् पालना गर्दै सभ्य एवं शान्तिपुर्वक तरिकाले राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

साथै तिहार विशेष कुनैपनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनैपनि कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ । यस्तै पटका तथा प्रज्वलनशिल एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्रि वितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

प्रशासकिय अधिकृत टंकराज गौतमद्धारा जारी सुचनामा मादक पदार्थ लगाएतका नशालु पदार्थ सेवन गरी होहल्ला, भैm झगडा गरी शान्तिसुरक्षालाई असर पार्ने काम गरेमा कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।

114 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal