ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२०७८ कार्तिक १७ गते, बुधबार

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नलगाडको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मङ्गलवार दिउँसो दुर्घटनामा हुदा नलगाड–५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीको मृत्यु भएको हो ।

नलगाड–८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको छ । ट्याक्टर नम्बर भने खुलेको छैन । उक्त घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal