लागू औषधसहित चार जना पक्राउ

२०७८ कार्तिक १७ गते, बुधबार

बुटवल । लागूपदार्थसहित चार जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–४ शिवनगरका शङ्कर नेपाल, तिलोत्तमा–३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर जफत गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल बस्ने रबी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal