आजको राशिफल

२०७८ कार्तिक १७ गते, बुधबार

आज मिति २०७८ साल कात्तिक १७ गते बुधबार । इश्वी सन २०२१ नोभेम्वर ३ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । बुधबार कात्तिक कृष्णपक्ष । तिथि त्रयोदशी, ७ः१४ बजे उप्रान्त चतुर्थी । नक्षत्र हस्त । १५ः२१ बजे उप्रान्त चित्रा । योग विष्भकुम्भ १५ः२१ बजे उप्रान्त प्रीति । वणिज ७ः१४ बजेदेखी भद्रा, १८ः१५ उप्रान्त किस्तुध्न । चन्द्रराशि कन्या । आनन्दादि योग आनन्द । दिनमान २७:३० । सुर्योदय ६ः१७ सुर्योस्त १७:१७ । कागतिहार ।

मेष : धार्मिक कार्यमा सहभागी भइने छ अध्ययनकक्षेत्रमा सफलता प्राप्तहुनेछ लामोदुरिको यात्रा गरिने छ स्वास्थ्यमा सुधार हुनेछ ।

वृष : आर्थिक तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । महत्वपूर्ण भेटघाट हुनाले नविन कार्य बन्नेछन ।

मिथुन : अध्ययन गर्ने रुचि बढ्नेछ मित्रजनको सहयोगद्वारा रोकिएका कार्य बन्नाले आर्थिक लाभ प्राप्तहुनेछ ।

कर्कट : पारिवारिक भेटघाट तथा मनोरञ्जको क्षेत्रमा समय व्यतित हुनेछ प्रेम प्रेमिका विच दिवाद उत्पन्न हुनेछ ।

सिंह : बोलीको प्रभाव बढ्नेछ । नसोचेको ठाऊँदेख आर्थिक सहयोग प्राप्तहुने छ स्वास्थ्यमा सुधार आउनेछ प्रतिष्ठित व्यक्तिहरूको साथ सहयोग पाइने छ ।

कन्या : प्रेमप्रमिका विच विवाद आउने देखिन्छ विश्वासिलो व्यक्तिले धोका दिनेछन् आर्थिक समस्या आइपर्ने देखिन्छ कमिलालाई चिनी दिनुहोला ।

तुला : व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ भने मित्रजन तथा आफन्तको साथ सहयोग प्राप्तहुनेछ स्वास्थ्यम सुधार आउने छ ।

वृश्चिक : आफ्नो स्वास्थ्यको बारेमा निकै ख्याल गर्नुहोला प्रेम प्रेमिका विच नयाँ सम्बन्ध स्थापित हुने छ राजनैतिक नियुक्ति हुने सम्भावना देखिन्छ ।

धनु : मनमा अनेक कुराहरु खेल्नेछ सामान्य कुरामा पनि ठूलो विवाद उत्पन्न हुने छ मध्यान्ह देखि सवैक्षेत्रबाट खुसि प्राप्त हुनेछ ।

मकर : यात्रामा महत्वपूर्ण सामाग्री छुट्ने छ अध्ययन गर्ने रुचि कम हुनेछ व्यपारिक दृष्टिले महत्वपूर्ण दिन रहने छ हनुमानको दर्शन गर्नु कल्याण हुने छ ।

कुम्भ : झुटो आरोप लाग्नेछ निकै सजक रहनुहोला पुरानो धन प्राप्त हुनाले निकै उत्साह थपिने छ स्वास्थाले साथ दिनेछ ।

मीन : व्यपारमा सोचे भन्दा कम आर्थिक लाभ हुनाले मनमा खिन्नता आउनेछ प्रेमिकाको सहयोग प्राप्त हुने छ पारिवारिक सम्बन्ध राम्रो रहने छ ।

अर्जुनप्रसाद न्यौपाने

111 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal