आजको मौसम

२०७८ कार्तिक १७ गते, बुधबार

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।

यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच यस्तै बुधबार भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । यस्तै बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

171 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal