थप ४६९ जनामा कोरोना संक्रमण, ५५५ जना डिस्चार्ज

२०७८ कार्तिक १६ गते, मंगलवार

काठमाडौँ । थप ४ सय ६९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १३ हजार ४ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९२ हजार ८ सय ३२ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय २७ जना पुगेको छ ।

84 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal