प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईद्वारा शपथ ग्रहण

२०७८ कार्तिक १६ गते, मंगलवार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

त्यस्तै आजनै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

124 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal