पाँच दलीय गठबन्धनले मिलेर चुनाव लड्छ: नेता नेपाल
२०७८ कार्तिक १६ गते, मंगलवार
![](https://samriddi.com/wp-content/uploads/2021/08/madhav-kumar-nepal-1.jpeg)
रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् ।
रौतहटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताए ।
साथै उनले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने समेत बताए । उनले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि हामी छलफल गर्छौं ।’
92 Views