राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती कपिलवस्तुमा पनि मनाइयो

२०७८ कार्तिक १६ गते, मंगलवार

कपिलवस्तु । “आयुर्बेद बिकासको आधार, जनशक्ती बिकास र पुर्बाधार” राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती २०७८ को पावन अवसरमा आज नेपाल भरि नै विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईदै छ । आयुर्वेदका ज्ञाता भगवान बिष्णुको एक अंशियार मानिने धवन्तरिको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । यसै अवसरमा नेपाल आयुर्वेद औषधी व्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा कपिलधाम आरोग्य मन्दिर बाणगंगा मोतिपुरमा एक कार्यक्रमको आयोजना गरि मनाईयो ।

कार्यक्रममा आयुर्वेदका ज्ञाता धवन्तरिका बिषयमा उपस्थित सबैले धवन्तरिको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कपिल स्वास्थ्य सेवा केन्द्र कपिलवस्तुका संस्थापक अध्यक्ष कपिलवस्तुकै योग प्रवर्द्धक योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वतस् निको हुने बिचार ब्यक्त गर्नुभयो ।

May be an image of one or more people, people standing and indoor

आहारबिहार खानपिन रहनसहन सबै कुरामा ख्याल गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका तर्फबाट बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनालले आयुर्वेद औसधीको समुचित तरिकाबाट प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

May be an image of 4 people, people sitting, people standing and indoor

त्यसै गरि कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले कपिलधामलाई धवन्तरि धामको रुपमा बिकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।कपिलधामलाई योग, आयुर्वेद तथा प्राकृतिक चिकित्साको क्षेत्रबाट चिनाउन आफू लागिपरेको हुनाले सबैलाई सहयोग गर्न अनुरोध गरेको बताउनुभएको थियो । कार्यक्रममा योगगुरुद्दय टोपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आआफ्ना स्मरण सुनाउदै सबै मिलेर आयुर्वेद क्षेत्रको बिकासमा जुट्न आब्हान गर्नुभयो ।

कार्यक्रममा धन्यवाद तथा संस्थाको तर्फबाट आफ्नो राय प्रस्तुत गर्दै अध्यक्ष गोपाल बन्जाडेले कपिलधाम आरोग्य मन्दिर र संस्था बिच बेलाबेलामा सम्पर्क सम्बन्यय गरे संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

May be an image of 4 people, people standing and indoor

कार्यक्रममा पानसमा बत्ती बालेर स्वस्ति वाचन तथा धवन्तरिको फोटोमा टीका तथा फुल लगाई कार्यक्रम उद्घाटन गरेको कार्यक्रममा योग गुरु आत्माराम आचार्यको प्रमुख आथित्यता, संघका जिल्ला अध्यक्ष बैध गोपाल बन्जाडेको अध्यक्षता, सचिव बैधराज दिपक पन्थी, संस्थाका कोषाध्यक्ष बैध शान्तराज गैरेले स्वागत गर्नुभएको थियो । सो अवसरमा कपिलधाममा संचालित आश्रममा पढ्ने छात्रहरुलाई फलफूल तथा स्टेसनरी सामाग्री बितरण गरेको अध्यक्ष गोपाल बन्जाडेले जानकारी दिनुभयो ।

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal