माओवादीलाई ठुलो धक्का, प्रभु साह भन्छन: ओलीलाई बाँचुञ्जेल साथ दिन्छु
२०७८ कार्तिक १५ गते, सोमबार
चितवन । माओवादी छाडेर नेकपा एमालेका नेता बनेका प्रभु साहले अध्यक्ष केपी ओली जिउँदो रहँदासम्म निस्वार्थ साथ दिने बताउनुभएको छ ।
सोमबार चितवनमा आयोजित एमाले भरतपुर महानगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले अध्यक्ष ओली जिउँदो रहँदासम्म आफ्नो निस्वार्थ साथ रहने बताउनुभयो । आगामी निर्वाचनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी पनि उहाँको रहेको छ ।
उहाँले भन्नुभयो, ‘अध्यक्ष ओली अगाडि बढ्नुपर्छ । र, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म म निस्वार्थ साथ दिनेछु । सबैले देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।’
132 Views