प्रेस चौतारी नेपाल कपिलवस्तुको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पार्वती पाण्डे लाई
कपिलवस्तु । प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने भएको छ ।
प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीको सचिवालय बैठक बांकेको कोहलपुरमा सम्पन्न भएको थियो । बैठकले अधिवेशन सम्पन्न गर्न कपिलवस्तु जिल्लाको लागि पार्वती पाण्डे लाई जिम्मेवारी दिएको हो ।
चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा भएको बैठकले लुम्विनी प्रदेश सरकारकाले प्रदेश सभामा दर्ता गरेको सञ्चार सम्वन्धि एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा राखेको थियो ।
प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकिएको छ ।
जसअन्तर्गत अर्घाखाँची गणेश खनाल रुकुम शोभाखर पन्थी, नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देही प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पा कमलराज तिमिल्सिना, गुल्मी युवराज पाण्डे, प्युठान गिरु भण्डारी, दाङ् टिका बस्नेत, रोल्पा र बांके भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको छ ।