१५ प्रतिशत लाभांस वितरण गर्दै मिलनसार साकोसको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

२०७८ कार्तिक १५ गते, सोमबार

केशव राज भण्डारी, झापा । झापाको विर्तामोडमा रहेको श्री मिलनसार वचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड ५ को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

No description available.

सहकारीको आफ्नै सभाहलमा सञ्चालन भएको साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मि वाँस्कोटाको अध्यक्षता साथै विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लिराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी द्वारा पानसमा वत्तिवालेर उध्घाटन गरिएको कार्यक्रम मिलनसार वचत तथा ऋण सहकारी सँस्था लिमिटेडका सञ्चालक समितिका सचिव दिनोज वजगाईले सञ्चाल गर्नुभएको थियो । कार्यक्रम मा सहकारीका उपाध्यक्ष अजय कुमार देवले स्वागत गर्नु भएको भने अध्यक्ष वाँस्कोटाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा सहकारीले कमाएको नाफा वाट सेयर सदस्यलाई १५ प्रतिसत लाभांष रकम वितरण गर्ने समेत जानकारी गराइएको थियो ।

No description available.

वार्षिक साधारण सभाको अवसर पारेर सहकारीका असली ऋणी उमेश वराई शर्मा र उत्कृष्ठ वचत कर्ता गंगा देवि ढुंगेललाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सोहि अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा सहकारीका लेखापाल जिवन भण्डारीलाई नगद र प्रमाणपत्र सहित कामको उत्कृष्ठतालाई आधार मान्दै संम्मान गरिएको थियो ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लिराम दाहालले विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरु मध्ये कारोवारको हिसावमा उत्कृष्ठ दश सहकारीहरु भित्र पर्न मिलनसार साकोस सफल भएको जानकारी गराउँदै विर्तामोड नगरपालिकालाई कोरोना कहरको समयमा रु २५ हजार सहयोग उपलब्ध गराएको मा खुलेरै प्रसंसा गर्नु भयो ।
वाह्य कर्जा नलिएको मिलनसार साकोसलाई स्वरोजगार कर्जाकालागी आफुले पहल गर्ने वताउदै प्रमुख अतिथी दाहालले कोपोमिसमा सहकारीको कारोवार देखाउने सहकारी विभागको निर्णय र कानुन वमोजिमका कामहरु सर्वोच्च अदालतमा परेको उजुरीका कारण स्थगित भएको जानकारी गराउनु भयो ।

No description available.

वि।स। २०६६ चैत १५ गते ४१ जना शेयर सदस्यहरुबाट रु चार लाख दश हजार रकम शेयर संकलन गरि शुरु भएको सहकारी सदस्यहरुको सहयोगको प्रतिफल स्वरुप यस आर्थिक वर्षमा संस्थाले गत आ।व।को शेयर रकम रु २ करोड ३३ लाख ५५ हजार ५ सय पु¥याउन सफल भएको छ ।

No description available.

जगेडा कोषमा रु ४४ लाख ५९ हजार २ सय।४५ रुपौया पुगेको छ । आ।व। ०७६÷०७७ मा रु ११ करोड ११ लाख ५७ हजार ९ सय ३५रुपैयाँ निक्षेप संकलन गरी रु ११ करोड ७ लाख २९ हजार ४ सय ४२ रुपैयाँ निक्षेप फिर्ता गरि रु २ करोड ९० लाख ९२ हजार ९ सय ४८ रुपैयाँ निक्षेप मौज्दात रहेको थियो भने गत आ।व मा रु १४ करोड २० लाख ३६ हजार २ सय ६ रुपैयाँ निक्षेप संकलन गरी रु १२ करोड ७१ लाख ३६ हजार ७ सय ७२ रुपैयाँ निक्षेप फिर्ता गरि रु ४ करोड ३९ लाख ९२ हजार ३ सय ८२ रुपैयाँ निक्षेप मौज्दात रहेको जनाइएको छ ।

No description available.
96 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal