दिपावली नजिकिएसंगै सुनसरीका कुम्भकार समुदाय माटाका भाँडा बनाउन व्यस्त

२०७८ कार्तिक १५ गते, सोमबार

इनरुवा । एकबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटाका भाँडा सहज रुपमा प¥ुयाउने ।

हिन्दूहरुको महानपर्व तिहार तथा छठ आउन केही दिन मात्र बाँकी छँदा सुनसरी सदरमुकाम इनरुवाका मात्र नभइ जिल्लाका विभिन्न स्थानमा रहेका कुम्भकार अर्थात पण्डित समुदायका मानिस अहिले माटाबाट निर्माण हुने भाँडा बनाउने काममा व्यस्त भएका छन् ।
सदरमुकाम इनरुवा, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जलगायत स्थानीयतहमा रहेका कुम्भकार अर्थात पण्ति समुदायका मानिसले चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटाका भाँडा बनाउने काममा व्यस्त भएको इनरुवा– २ का श्रीप्रसाद पण्डितले बताउनुभयो ।

कुम्भकार समुदाय दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटाका घैँला, दियोसहितका विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा व्यस्त भएका छन् । माटाका भाँडा बनाउन काँचो कुमाले माटाको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरिएको छ । एक महिना अगाडिसम्म वर्षाका कारण माटो ल्याउन नसकिएकाले भाँडा बनाउनमा ढिलो हुने भएका कारण आफू अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितले बताउनुभयो ।

नजिकमा भाँडा बनाउने माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी भाँडा बनाउनुपर्ने बाध्यता रहेकोले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उहाँ बताउनुहुन्छ । दिपावली तथा छठ पर्व आउन केही दिन मात्र बाँकी रहेकाले वर्षाका कारण माटाका भाँडा तयार गर्न नसकिएको स्थानीयवासी सियाराम पण्डितले बताउनुभयो ।

पण्डित अर्थात कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुडा बनाउने रहेका कारण सो कार्यक्रमा व्यस्त बनेको उनीहरुको भनाइ छ । माटाका भाँडा बनाइ गाउँघरदेखि सहरबजारसम्म पुर्‍याउनुपर्ने भएकाले उक्त समुदाय भाँडा निर्माण गर्न सरिक हुने गरेको बताइएको छ ।

आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडिदेखि नै गरे पनि निकै चुनौती रहेको उनीहरुको भनाइ छ । माटो ल्याउन र अन्य कार्य गर्न चुनौतीको सामना गरे पनि राज्य पक्षले आफुहरुलाई उपेक्षा गरेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितले बताउनुभयो ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal