जलवायु विश्व सम्मेलनमा उठ्यो जोमसोमको मुद्दा, शर्मा भन्छन: हिमाललाई बचाउने बेला आइसक्यो

२०७८ कार्तिक १५ गते, सोमबार

लन्डन । राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) स्कटल्यान्डको ग्लास्गो सहरमा सुरु भएको छ । आयोजक राष्ट्र बेलायतले अध्यक्षता गर्ने जलवायु सम्मेलनको यो महाकुम्भमा विश्वका १८० भन्दा बढी मुलुकका सरकार प्रमुख उपस्थित भएका छन् ।

सम्मेलनको सुरुआतमै जलवायु परिवर्तनको संकटबाट प्रभावित नेपालको एउटा हिमाली क्षेत्रले स्थान पाएको छ । कोप-२६ सम्मेलन तथा बेलायती सांसद आलोक शर्माले आफ्नो उद्घाटन मन्तव्यमा हिन्दूकुश क्षेत्र अन्तर्गत पर्ने नेपालको जोमसोमको कुरा उठाए ।

यसैवर्षको सुरुआतमा आफू नेपाल घुम्न आएको बेला जोमसोम पुगेर प्रभावित समुदायलाई भेटेको र सुख्खा तथा बाढीको कारण विस्थापित हुने जोखिममा रहेको उनले बताए । शर्माले कोप–२६ मा यो मुद्दा उठाए लगत्तै यसले विश्वव्यापी चर्चा पाएको छ ।

हिन्दुकूश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरले सबै कुरा गुमाएको समुदायका लागि विश्वका सबै राष्ट्रले सोच्नुपर्ने बेला आइसकेको उनले उल्लेख गरे । सन् २०१५ मा भएको पेरिस सम्झौतालाई कार्यान्वयन गर्न सके मानव समाज र प्रकृतिलाई बचाउन सकिने उनले बताए ।

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal