अवैध रकमसहित धनगढीबाट तीनजना पक्राउ

२०७८ कार्तिक १५ गते, सोमबार

कैलाली । अवैध रकमसहित भारतबाट आएका तीनजनालाई पक्राउ परेका छन् । बझाङ मस्टा १ कोटदेवलका मुकेश खडका, किरण खड्का र नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली रुपैयाँ, ३२ सय भारती रुपैयाँ, सुनको जस्तो देखिने ३४।३६० मिलिग्राम गहना , चाँदी जस्तो देखिने ७३७।८७ ग्राम गहना बरामद् गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ ।

धनगढीस्थित होटक अमन प्लाजाबाट १२ गते उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कैलालीकाको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

95 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal