आजको मौसम

२०७८ कार्तिक १५ गते, सोमबार

काठमाडौँ । आज पनि देशका केही स्थानमा हिमपात हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले‍ जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले‍ जनाएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाको आज विहानको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको हो ।

देशका पहाडी भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

81 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal