राष्ट्रपतिद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मूर्ति अनावरण गर्दै

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार भैरहवाको गौमबुद्ध अन्तराष्ट्रिय विमानस्थलनमा राखिएको बुद्धको मूर्ति अनावरण गर्नुहुने भएको छ ।

ह्वाइट जेड धातुबाट निर्मित बुद्धको सो मूर्ति आज दिउँसो राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम रहेको छ । म्यान्मारको मालविन ग्रुपले निर्माण गरेको सो मूर्ति एक हजार आठ सय केजी तौलको रहेको छ । दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको सो मूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाललाई उपहार दिएको हो ।

मूर्ति अनावरण कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

96 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal