नेप्से परिसूचक ५५ अंकले बढ्यो

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौँ । आज शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।

दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।

114 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal