कांग्रेस झापा जिल्ला सभापतिले गरेको झुटको खेति

२०७८ कार्तिक १४ गते, आईतवार

केशव राज भण्डारी, झापा । नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापाले १३ औँ महाधिवेसनमा पाटि प्रवक्ता विश्व प्रकाश शर्माको सहभागितामा भद्र सहमति भएको भन्दै झुटको खेति गरेको प्रष्ठ भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा देउमान थेवेलाई पाटि सभापति वनाउने भनि भएको सहमती निराधार भएको पुष्टि गर्नु भएकोछ । कार्तिक १४ गते नेपाली कांग्रेस झापाको विर्तामोड नगरपालिका वडा नं. ७ र ८ ले विर्तामोडको गरामनी वजारमा संयुक्त आयोजनामा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा वोल्दै युवा नेता तथा नेपाली कांग्रेस केन्द्रिय प्रवक्ता विश्व प्रकाश शर्माले १३ औँ महाधिवेसनमा गरिएको लिखित सहमतीमा १४ औँ महाधिवेसनको नेतृत्वको वारेमा कुनै पनि सहमती नभएको वताउनु भयो ।

“१४ औँ महाधिवेसन र अवको कांग्रेस” विषयक अन्तरकृया कार्यक्रम वडा नम्बर आठका सभापति उत्तम कटुवालको अध्यक्षता तथा पुर्व मन्त्रि तथा संविधानसभा सदस्य माननिय सरिता प्रसाईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । नेपाल प्रेस युनियन झापाकी सह सचिव साथै सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं। ४ का निर्वाचित जन प्रतिनिधी वडा अध्यक्ष कुल प्रसाद संग्रौलाले आफ्नो विचार राख्दै पार्टिका माथिल्लो आहदामा वसेका नेता द्वारा तल्लो निकायमा काम गर्ने कार्यकर्ताहरुलाई समान रुपमा हेर्ने वानिको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वोल्दै विर्तामोड नगरपालिका वडा नं. ६ का निर्वाचित जन प्रतिनिधी वडा अध्यक्ष तथा नेपाली कांग्रेस विर्तामोड नगर कार्य समितिका उप सभापती सुर्य कन्दङ्वाले अव पाटि एकजुट भएर अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो । त्यसै गरी कार्यक्रममा वोल्दै नेपाल लगानि वोर्डका सदस्य छत्र गिरीले महिलाहरुको सहभागिता र हक हितका वारेमा विचार राख्नु भयो । नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधी खगेन्द्र मैनालिले अवको कांग्रेस गुटमा भन्दा पनि जुटमा विस्वास गरेर अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो ।

नेपाली कांग्रेस क्षेत्र नं। २ का क्षेत्रिय सभापति पदका उमेद्वार मोहन सुब्बाले अवको कांग्रेस सक्षम सवल र पाटिलाई सु संगठित वनाउदै अगाडि वढ्न सक्ने उमेद्वार छनौटमा वडा तथा क्षेत्रिय प्रतिनिधिहरुले विसेस भुमिका नखेल्ने हो भने एउटै ब्यक्तिले मात्र पद ओगट्ने परिपाटिका कारण पाटि गम्भिर संकटमा फस्न सक्ने वताउनु भयो । नेपाली कांग्रेस झापा जिल्ला कार्य समिति सदस्य तथा सहिद परिवारका सदस्य जिल्लाका पुराना तथा कुसल राजनितिज्ञ युवराज विमलीले विपिका आचरण र स्वभाव स्मरण गर्दै नेपाली कांग्रेसको अवको नेतृत्व दक्ष हुनुपर्नेमा जोड दिदै कार्यकर्तालाई भय रहित भएर स्व विवेक प्रयोग गर्दै मतदान गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वोल्दै नेपाली कांग्रेस झापा जिल्ला कार्य समिति सदस्य जल कुमार गुरुङले अवको नेतृत्व धेरै वोल्ने भन्दा पनि गरेर देखाउन सक्ने हुनु पर्नेमा जोड दिदै नेपाली कांग्रेस जनताको पाटि भएको हुँदा आम नागरिकको भावना वुझेर अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा वोल्दै नेपाली कांग्रेस झापा जिल्ला उपसभापति राम कट्टेलले १४ औ महाधिवेसनका लागि आफुले जिल्लाको नेतृत्व संहाल्ने सोचका साथ जिल्ला सभापतिमा उमेद्वारी दिएको वताउनु भयो । पाटिमा लामो समय सम्म संघर्ष गर्नु भएका कट्टेल उच्च शिक्षा हाँसिल गर्नु भएका एक कुसल राजनितिज्ञ तथा समाज सेवी ब्यक्तिका रुपमा परिचित हुनुहुन्छ । जिल्लाको नेतृत्व सहज रुपमा संहाल्दै आगामि स्थानिय तहको निर्वाचनमा पाटिलाई जिल्लामा उत्कृष्ठताको चरणमा पुर्याउन सक्ने क्षमता कट्टेलसँग रहेको देखिन्छ । प्रष्ठ वक्ता, कुसल तथा कर्मठ नेता कट्टेल जिल्लाको सभापति पदका लागि पटक–पटक जिल्लाको नेतृत्वमा रहेका अर्का नेता देउमान थेवेसँग निर्वाचनमा प्रतिस्पर्दा गर्दै हुनुहुन्छ ।

कार्यक्रममा वोल्दै पाटिका केन्द्रिय प्रवक्ता तथा नेता विश्व प्रकाश सर्माले तत्कालिन प्रधानमन्त्रिले जनतालाई झुटो आस्वसन वाँडेर चुनाव जितेको वताउनु भयो । नेपाली कांग्रसले चुरोट कारखाना सकेको भन्ने आम मानिसको भ्रम चिर्दै सो क्षेत्रमा मुटु रोग सँग सम्वन्धित अस्पताल निर्माण गरी हजारौँलाई रोजगारी मात्र हैन लाखौँलाई स्वास्थ्य वनाएको उदाहरण समेत नेता सर्माले दिनु भयो । नेपाली कांग्रेसले घर घरमा सुद्ध पिउने पानि र सम्पुर्ण नागरिकको पहुँचमा विद्युत र कालोपत्रे बाटो भन्ने नारा लिएर अगाडि वढिरहदा एमालेले हिन्द महासागरमा चुच्चे रेल र घरघरमा ग्याँसको पाइपको सपना वाँढेर जनतालाई झुटो सपना देखाउदै चुनाव जितेको वताउनु भयो । कोरोना महामारीका नाममा जनतालाई घरमा थुनेर केपि ओलिले खोपको नाटक गरेको वताउदै नेता शर्माले अव चाँडै सम्पुर्ण नागरिकहरुलाई खोपको पुर्ण ब्यवस्थाको सुनिस्चितता गर्ने समेत वताउनु भयो ।

नेपाली कांग्रेस झापाको विर्तामोड नगरपालिका वडा नं. ७ र ८ ले संयुक्त आयोजनामा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा वोल्दै प्रमुख अथिती सरिता प्रसाईले कांग्रेस सरकारको प्रतिपक्षमा रहेको वेला तत्कालिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रिले नेपाली कांग्रेस पाटिको नाम लिदै छेड छाडको प्रयास गरेको भन्दै आफुहरुले त्यस वखत कुनै प्रतिवाद नगरी सरकार सञ्चालनमा सहजता थपिदिएको वताउनु भयो । कार्यक्रममा वोल्दै नेता प्रसाइले भन्नु भयो तर कांग्रेस मौन बसेको फाइदा उठाउदै तत्कालिन प्रधानमन्त्रि केपि शर्मा ओलीमा अहंकार वढ्दा आफ्नै पाटि नेकपा ३ चिरामा विभाजन भयो र अन्तत नेपाली कांग्रसले नचाहदा नचाहदै केपि ओलीले लथालिंग बनाएको देस संहाल्न कांग्रेसलेनै नेतृत्व गर्न वाध्य भएको वताउनु भयो ।

नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं. ७ र ८ ले आयोजना गरेको कार्यक्रममा विर्तामोड नगरका वडा सभापति तथा कनकाई नगरपालिकाका वडा सभापति, क्षेत्रिय प्रतिनिधीहरु साथै हजारौँे संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

99 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal