यु-२३ फुटबल: नेपाल जित तथा गोलविहीन

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगितामा नेपाल जित तथा गोलविहीन बनेको छ । प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा लेबलानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १ गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप ३ गोल बेहोरेको थियो ।

लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।

नेपाल जितविहीन रहँदै घर फर्किएको छ । समूह ‘बी’ को नेपालले अंक जोड्न सकेन । नेपाल पहिलो खेलमा इरानसँग ४(० र दोस्रो खेलमा ताजकिस्तानसँग ६(० गोल अन्तरले पराजित भएको थियो ।

नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान २ खेलबाट ६ अंक रहेको छ ।

86 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal