नायिका थापाको प्रश्न: हाम्रो भाषा र नेपाली मौलिक पहिचान कस्तो होला ?
२०७८ कार्तिक १४ गते, आईतवार
काठमाडौं । नायिका रेखा थापाले नेपाली भाषा, कला र संस्कृतिको बारेमा चिन्ता गर्नुपर्ने अवस्था आएको बताएकी छन् ।
नायिका थापाले आइतबार सामाजिक सञ्जाल मार्फत यस्तो बताइन् ।
उनले लेख्छिन :
‘दुनियाँलाई चीनिया सभ्यता देखाउन चीन अर्बौ खर्च गर्दछ। अरु देशहरु पनि आफ्नो भाषा संस्कृतिको उत्तिकै जगेर्ना गर्दछन् । भारतको सिक्किम सरकारलेसेमत आफ्नो पहिचान बढाउन त्यहाँ छायाँङ्कन गरिने सिनेमालाई एक करोड अनुदान दिने घोषणा गरेछ । नेपालमा भने सिनेमाको संसार ‘सके आँफै बाच, नसके मर’ को अवस्थामा छ। कला कसैको दयाले जिउने पेशा त होइन। तथापी भोलिको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो?’
117 Views