न्यायालय विवादमा फसेको बेला देउवा देउवा भ्रमणमा जानु राष्ट्रकै बेइज्जत: पूर्वराष्ट्रपति यादव
![](https://samriddi.com/wp-content/uploads/2021/10/president-ram-baran-yadav.jpg)
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गरे । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन रु भनी सरकारलाई प्रश्न गरे ।
सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको रु पूर्वराष्ट्रपति यादवले सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे ।
‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन कि म छोड्दिन,’ उनले भने, ‘केही नभए पनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊँ । सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन रु कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन रु आज संसारको सामून्य न्यायालयको अवस्था यस्तो छ । तर, सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुने टाउको देखाउन सक्छौं ?’