आज विश्व सहरी दिवस मनाइँदै
२०७८ कार्तिक १४ गते, आईतवार
काठमाडौँ । आज विश्व सहरी दिवस मनाइँदैछ । ‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहरीकरण दिवस मनाउन लागिएको हो ।
दिवसका अवसरमा यस वर्ष सहरी विकास मन्त्रालयको नेतृत्वमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत विभिन्न पालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा कार्यक्रम गर्न लागेको मन्त्रालयले जनाएको छ ।
नेपालमा नगरपालिका क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या झण्डै ६२ प्रतिशत छ । तर सहरी सुविधा उपयोग गर्ने जनसङ्ख्या झण्डै एक चौथाइ मात्र रहेको छ । व्यवस्थित सहरीकरण, सहरको भौतिक वातावरण तथा व्यवस्थापन हुन सकेको छैन ।
81 Views