लिपुलेकसहितको नक्सा छापेपछि प्रचण्ड र माधवको मुटु जल्यो: अध्यक्ष ओली

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राष्ट्रविरोधी भएको बताउनु भएको छ ।

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले लुटेको नेपाली भूमि लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि प्रचण्ड माधवले एमालेमाथि प्रहार थालेका बताउनुभयो ।

एमाले विरोधी भनेको वास्तवमा राष्ट्र विरोधी भएको भन्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेरको नक्सा छापेपछि उनीहरूको मुटु मात्र होइन कलेजो र फोक्सो पनि जलेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो “किन एमाले सरकार नढाली नहुने भयो रु जब हामीले लिम्पियाधुरा,लिपुलेक, कालापानी समेटेर नक्सा छापियो यिनीहरुको मुटु मात्रै होइन सिंगै छाती मात्र होइन कलेजो फोक्सो सबै हुर्रहुर्र जल्यो ।” आफ्नो जमिन दाबा गर्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाइएको बताउँदै उहाँले प्रश्न गर्नुभयो ( ु हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने रु हामीले हाम्रो जमिन दाबा गरेर फिर्ता गर्दा सम्बन्ध बिगार्‍यो भन्नेहरु लेण्डुप दोर्जे मेन्टालिटीका हुन् ।ु

कर्फटेबल सरकार बनाउँछौं हारगुहार गरेकाहरुको हालत देखिएको उहाँले बताउनुभयो । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परेका अध्यक्ष ओलीको भनाइ छ । उहाँले भन्नुभयो “कस्तो कम्फर्टेबल सरकार रहेछ भन्ने त देखियो नि,जयसिंह धामीलाई तुइन काटेर महाकाली झराउँदा चुप लाग्ने,गृह मन्त्रालयले परिपत्र गर्छ नबोल्नुस्,यस्तो कुरामा पनि बोल्न नसक्ने हुतियाराहरु, जयसिंह धामीलाई तुइन काटेर झराउनु अपराध हो दोषीमाथि कारबाही हुनुपर्छ भनेर भन्न नसक्ने ।”

प्रचण्ड र माधवहरुको काम एमालेलाई धारे हात लगाउने मात्र भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो “यिनीहरुको एउटै मात्र कुरा छ,धारे हात लगायो केपी ओलीलाई सराप्यो,किन केपी ओलीलाई सरापेको भन्दा केपी ओलीले एमालेको मनोबल उठाउने काम गर्छ,जनताको मनोबल उठाउने काम गर्छ, विकासको सपना देखाउने काम गर्छ ।”

आफू अस्पताल जाँदा प्रचण्ड र माधवको अनुहारमा सय वाटको बत्ति बलेजस्तै चमक देखिएको र फर्केर आउँदा अँध्यारो हुने गरेको उहाँले हाउभाउसहित बताउनुभयो । प्रचण्ड र माधवको राजनीति एमाले कसरी सिध्याउन सकिन्छ कसरी कमजोर बनाउन सकिन्छ भन्ने मात्र रहेको उहाँले बताउनुभयो ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal