नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२०७८ कार्तिक १४ गते, आईतवार

ताप्लेजुङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् ।

पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए ।

पक्राउपर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।

133 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal