जसपा अध्यक्ष यादव भन्छन “कांग्रेससँग सहकार्य गर्न निकै कठिन”

२०७८ कार्तिक १४ गते, आईतवार

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताउनुभएको छ ।

शनिबार जसपा निकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै अध्यष यादवले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको खुलासा गर्नुभयो । कांग्रेससँग विकृतिबाहेक केही नभएको उहाँको भनाइ छ ।

सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै उहाँले तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिईकन आफूनिकट व्यक्ति मात्र भर्ती गरेको आरोप लगाउनुभयो ।

57 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal