शितगङ्गा नगरपालिका अगुनमन टोली आउँदा पसल बन्द गरेर भागे व्यवसायी
अर्घाखाँची । शितगङ्गा नगरपालिका द्वारा वाड न १३ सिमलपानीमा छडके अनुगमन गरेको थाहा पाए पछि केही पसलका व्यावसायिहरु भोटे ताल्चा लगाएर भागेका छन । नगेन्द्र नेपालको नेतृत्वमा इप्रका ठाडा,उद्योग बाणिज्य बैंकका प्रतिनिधी,पत्रकार,स्वास्थ शाखाको प्रतिनिधि सहितको टिमले सिमलपानी १३ मा छडके अनुगमन गरेको छ।
सिमलपानीको छेडा भन्ने ठाउमा चेक गरेपछी केही पसलमा म्याद गुज्रिएको समान भेटिएपछि अन्य पसलमा चेक गर्दै जादा धेरै जसो पसल ताल्चा लगाएर भागेको स्थानियले बताएका छन। केही होटल खाजा नास्ता पसल कस्मेटिक पसल वाडमै दर्ता गरिएको भनेपनी रिनु नगरेको पाइएको छ। प्यान नम्बर बिना पसल चलाएको देखेपछी केही पसलहरुलाई जरिमाना सहित वार्निङ्ग दिएको अनुगमन प्रमुख नेपालले बताए।
अनुगमनकै क्रममा केही खाजा पसलमा पानी चेक गर्ने क्रममा पलास्टिक ड्रममा २० लिटर घरेलु मदिरा समेत बरामत गरेको छ। स्थानिय व्यापारी युवाहरुको रोहबरमा म्याद गुज्रिएको समान र घरेलु मदिरा डिस्पोज गरिएको अनुगमनमा सामेल इप्रका ठाडाका नायब निरीक्षक सालिक राम खनालले जानकारी दिए.. सुचनाको आधारमा पसल बन्द गरेर भाग्ने व्यावसायिलाई फेरिपनि बदमासी गरेको कसैबाट पाइएमा जरिमामा सहित पसल खारेज गर्ने खनालले जानकारी दिए ।