कम्युनिष्टहरूले देश हाँक्न नजानेपछि कांग्रेसले नेतृत्व लिनुपर्‍यो: रक्षामन्त्री रिजाल

२०७८ कार्तिक १२ गते, शुक्रबार

धनकुटा । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले कम्युनिष्टले सरकार चलाउन नसकेका कारण कांग्रेसले नेतृत्व लिनु परेको बताएका छन् । कांग्रेस छथर जोरपाटी गाउँपालिका-६ को वडा पार्टी कार्यालय उद्घाटन गर्न धनकुटा आएका मन्त्री रिजालले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार रहेको भए पनि कम्युनिष्टहरूले देश हाँक्न नजानेपछि सरकारमा जानुपरेको प्रष्ट्याए ।

कांग्रेसको आगामी महाधिवेशन सकेसम्म सहमतिमै हुनुपर्ने उनको भनाइ छ । तर, सहमति नभए प्रतिष्पर्धाबाट चुनिएका नयाँ नेतृत्वले संगठनलाई पुनस्ऊर्जा गर्ने मन्त्री रिजालले बताए ।

यो महाधिवेशनमा रुखको पुराना पात झरेर नयाँ पात पलाउनु पर्ने उनी बताउँछन् ।

162 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal