महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय

२०७८ कार्तिक १२ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ९ सय ९९ पुर्या्एको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसअघि बिहीबार बसेको स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेपछि ४३६ प्रतिनिधि थप्ने निर्णय गरेको हो ।

महाधिवेशन प्रतिनिधि चयनका लागि देशभर २७ कात्तिकमा निर्वाचन गर्ने केन्द्रीय कमिटीको निर्णय छ ।

100 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal