शितगङ्गामा वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

२०७८ कार्तिक १२ गते, शुक्रबार

अर्घाखाँची । शितगङ्गा नगरपालिका सितापुर झिर्‍रामा अन्तर वार्ड स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रम झिर्‍रा युवा क्लब द्वारा यहि कार्तिक ११ गते देखि १३ गते सम्म अन्तर वार्ड स्तरिय खुल्ल पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

कार्यक्रमको अध्यक्षता स्थानिय युवा तथा खेलप्रेमी बिष्नु क्षेत्रीले गर्नु भएको थियो । प्रमुख अतिथी शितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, बिशिस्ट अतिथी वाड न २ का अध्यक्ष गोबर्धन थापा अतिथि वार्ड न ३ का अध्यक्ष दामोदर अधिकारी, कार्यपालिका सदस्य राम बहादुर दर्नाल, इप्रका ठाडाका इन्चार्ज सन्दिप बेलबासे, स्थानिय समाजसेबि राजेन्द्र केसि, लगायत खेलप्रेमी मान बहादुर सिंजापतीको आतिथ्यतामा खेल संचालक भएको छ

भलिबल खेलमा १५ टिमको सहभागी हरेको छ । खेलको औपचारिक उद्घाटन भने सोही वार्ड्का अध्यक्ष गोबर्धन थापाले गर्नु भएको थियो। प्रमुख अतिथि विशेष कारण काठमान्डौ जानू भएको कार्यपालिका सदस्य दर्नालले जानकारी दिएका थिए ।

कार्यक्रमलाई सहयोग गर्ने दाताहरुमा प्रथम पुरस्कार नगर प्रमुख सुर्य प्रसाद अधिकारिले प्रायोजक गर्नु भएको थियो भने द्वितीय पुरस्कार महाभारत स्टोरका प्रोपाइटर राजेन्द्र केसिले सौजन्य गर्नु भएको थियो,तृतीय पुरस्कार निमार्ण व्यावसायि नारायण बेल्बासेले सौजन्य गर्नु भएको थियो ।

तेस्तै ब्यबस्थापनमा खर्चमा वार्ड न ३ का अध्यक्ष हेमनाथ भुषालले रु(५०००,वार्ड न ४ का अध्यक्ष दामोदर अधिकारीले रु(३००० कार्यपालिका सदस्य राम् बहादुर दर्नालले रु(५००० तेस्तै सिल्ड मेडल सौजन्य सिवराम सुनचादी पसल अमराईले गरेको छ तेस्तै खेलाडिलाई १० थान जर्सी सौजन्य भुनपा युवानेता खेलप्रेमि तरुण दलको अध्यक्ष राज कुमार श्रेष्ठले गर्नु भएको छ। तेस्तै ४ थान भलिबल १ थान नेट सौजन्य पाणिनि गापाका नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेलले गर्नु भएको छ।

प्रतियोगिताको उद्घाटन खेल भुनपा(९ भर्सेज सनपा ११ को रहेको थियो जसमध्य जित भुनपा(९ ले हात पारेको छ। दोस्रो खेल इप्रका ठाडा भर्सेज जुकेना मैदानमा उतृने भएको खेल संयोजक बिष्नु क्षेत्रीले जानकारी दिए ।

105 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal